नेपालको दोस्रो जित, केन्या ६ विकेटले पराजित
Posted by Online Earning tips on 3:31 PM with 1 comment
काठमाडौ, मंसिर १ - सुबास खकुरेल र पारस खड्काको अर्धशतकसँगै नेपालले ट्वान्टी
ट्वान्टी विश्वकप छनाैटको दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको केन्यालाई ६
विकेटले पराजित गरेको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा टस जितेर फिल्डिङ रोजेको
नेपाललाई तीन पटक विश्वकप प्रतियोगितामा सहभागी भइसकेको केन्याले एकसय ८३ रनको
लक्ष्य दिएको थियो ।
जितसँगै आगामी बर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप खेल्ने नेपालको
सम्भावना बलियो बनेको छ ।
अघिल्लो खेलमा व्याटिङ नचलेर चिन्तित नेपाली टोलीका लागि यो ठूलो चुनौति थियो ।
तर, नेपालको व्याटिङले गति लिएपछि खेल सहज बन्यो ।
६ चौकाको मद्दतले खकुरेलले ५४ रन जोड्दा कप्तान खड्काले चार छक्का र तीन
चौकासहित त्यति नै रन जोडेपछि नेपालले खेलमा लय समातेको थियो । यसअघि १ रन
जोड्नेबित्तिकै प्रदीप ऐरी आउट भएका थिए । टोलीका लागि ज्ञानेन्द्र मल्लले ३२ रन
जोडे भने शरद भेषवाकरले अविजित २३ रन जोडे ।
प्हिलो ईनिङमा भेषवाकरकै कमजोर बलिङको फाईदा उठाउँदै केन्याले अन्तिम एक ओभरमा
३० रन जोडेको थियो ।
नेपालविरुद्ध ठूलो स्कोर खडा गर्न केन्याका लागि आरआर पटेलले एकसय ३ रन जोडे ।
कप्तान खड्काको बलमा आउट हुनुअघि उनले १० छक्का र ५ चौका प्रहार गरी बिस्फोटक खेल
देखाए ।
आजको खेलमा जितेन्द्र मुखिया र बसन्त रेग्मीले २-२ विकेट लिए ।
हिजो डेनमार्कलाई ५ विकेटले हराएको नेपालको २ जितसँगै २ अंक छ ।
२००३ को विश्वकपमा सेमीफाईनल यात्रा तय गरेको केन्या नेपालभन्दा बलियो
प्रतिद्वन्द्वी मानिए पनि पछिल्लो समय उसको प्रदर्शन निरन्तर खस्किदो छ । केन्याले
टिमलाई बलियो बनाउन सन्यास लिइसकेका स्टिभ टिकलोलाई फिर्ता बोलाएको थियो । तर, छनौट
प्रतियोगिताको दुवै खेलमा ऊ पराजित छ ।
१६ राष्ट्र सहभागी छनौट प्रतियोगितामा अन्तिम ६ मा अटाउन सके नेपाल आगामी बर्ष
बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकपमा सहभागी हुन पाउँनेछ ।
नेपाललाई कडा चुनौती, केन्याद्वारा १८३ रनको लक्ष्य
ट्वान्टी ट्वान्टी विश्वकप छनौटको दोस्रो खेलमा नेपाललाई केन्याले एकसय
८३ रनको ठूलो लक्ष्य दिएको छ । २० ओभरको खेलमा केन्याका लागि आरआर पटेलले सेन्चुरी
प्रहार गरेपछि नेपालले कडा चुनौति झेल्नुपरेको हो ।
प्टेलले १० छक्का र ५ चौका हान्दै नेपालका फिल्डरलाई हैरान बनाए ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि जितेन्द्र मुखिया र बसन्त रेग्मीले २-२
विकेट लिए । कप्तान पारस खड्काले तिनै सेन्चुरी प्रहार गर्ने मुखियालाई बोल्ड अउट
गरे । केन्याका लागि मा उमाले ३७ रनको योगदान दिए । केन्याका प्रारम्भिक
व्याट्सम्यानलाई दोस्रो आभरको पहिलो बलमै आउट गरेर सुखद् ईनिङको सुरुवात गरेको
नेपालका लागि पटेल टाउको दुखाई बने ।
केन्याको लक्ष्य भेट्टाउन नेपालले प्रतिओभर औसत ९ भन्दा बढी रनरेट बनाउदै अघि
बढ्नुपर्ने हुन्छ ।
हिजो कमजोर प्रतिद्वन्द्वी मानिएको डेनमार्कविरुद्ध पनि नेपाली व्याटिङ नचलेकाले
आजको लक्ष्य नेपालको लागि कडा चुनौति हुनसक्छ । हिजो कप्तान पारस खड्काको बिस्फोटक
व्याटिङको मद्दतले नेपालले डेनमार्कलाई ५ विकेटले हराएको थियो ।


congratlation nepal
ReplyDelete